शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेपाल समूहका सांसदले फिर्ता लिने, मन्त्रिपरिषद् मंगलबार नै पुनर्गठन गर्ने सहमति


काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माधवकुमार नेपाल समूहका सासंदले फिर्ता लिने भएका छन् ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिने भएका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्