शीतल निवासमा पूर्व पञ्चहरुको गोलमेचमा ज्ञानेन्द्रले भने– ‘व्यक्ति होइन राष्ट्र ठूलो हो’


३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमको विवाह समारोहमा सोमबार शीतल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले करिब १५ मिनेटजति पूर्वपञ्चहरुसँग बसेर कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा उनले आफ्नो विवाह ५० वर्षअघि त्यही निवासबाट भएको भन्दै त्यसको सम्झना गरेका थिए । पूर्वपञ्चहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जवरा, कमल थापालगायतसँग निकै खुलेर कुराकानी गरेका ज्ञानेन्द्रले चियामात्रै सँगै खाएनन् । उनले राजनीतिक कुराकानी पनि गरे ।

गोलमेचमा सँगै बसेका एक नेताले ज्ञानेन्द्रको भनाइ उध्रित गर्दै भने– ‘उहाँले बीचमा आफैँ राजनीतिक कुरा झिक्नुभयो । उहाँले त्यही क्रममा व्यक्ति ठूलो कुरा होइन, राष्ट्र ठूलो कुरा हो, राष्ट्रलाई सधैँ शीरमा राख्नुपर्छ भन्नुभयो ।’ मध्यान्ह शीतल निवास पुगेका ज्ञानेन्द्रले राष्ट्रपतिसँग भने दोहोरो कुराकानी गरेका थिएनन् ।  बर र बधुलाई बधाइ दिएपछि केहीबेर विवाह समारोहमै बसेका उनी बरु केही समय पूर्व पञ्चहरुसँग कुराकानीमा व्यस्त बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्