शीतल निवास बोलाएर निर्वाचन आयोगका पदाधिकारीसँग राष्ट्रपतिले के भनिन् ?


१८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाच आयुक्त अयोधीप्रसाद यादव लगायत निर्वाचन आयुक्तहरुसँग छलफल भएको हो । उनीहरुबीच निर्वाचन तयारीबारे छलफल भएको हो । राष्ट्रपति भण्डारीले प्रमुख निर्वाचन आयुक्त यादवसँग स्थानीय तहको निर्वाचन तयारीवारे जानकारी लिएकी थिइन् ।

यादवले निर्वाचन तयारी अगाडि बढाउँदा जनतामा उत्साह देखिएको भन्दै आयोगको तयारी तीव्र भएको जवाफ दिएका थिए । यादवले २ नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र निर्धारण गर्न भने केही समस्या भएको भन्दै ती जिल्लामा पनि निर्वाचन केन्द्र छिटै तोकिने र निर्वाचन तयारी अघि बढ्ने जानकारी दिएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरे अनुरुप महिला र दलितका प्रतिनिधित्व सुनिश्चित हुन सक्ने आधारवारे सचेत रहन आयुक्तहरुलाई निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्