शीर्ष नेताबीच आइतवार दिनभर छलफलपछि सोमबार नेकपाको एकीकरण टुंगो लाग्दै


काठमाडौ, ८ वैशाख । लामो समयसम्म हुन नसकेको नेकपाको एकीकरण सोमबार टुंगो लाग्ने भएको छ। आइतबार दिनभर पटक–पटक नेताहरूबिच बालुवाटारमा भएको छलफलपछि एकता प्रक्रिया सोमबार नै घोषणा गर्ने निष्कर्ष निस्किएको स्रोतले बताएको छ। सोमबार नै पोलिटब्यूरो, जिल्ला र जनवर्गीय संगठनको नेतृत्तकोसमेत घोषणा गरिने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबिच भएको छलफलपछि पार्टी भित्र एकताको लागि सहमति जुटेको हो। सहमतिलाई अनुमोदन गर्नका लागि आइतबार बेलुका बालुवटारमा सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले पोलिटब्यूरो सदस्यहरूको नामावलिहरुलाई अन्तिम रूप दिने तयारी छ।

लामो समयदेखि अड्किएको नेकपाको सांगठनिक एकीकरण कार्यकर्ताको दवाव पछि भोलि टुंगोमा पुग्नेग भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरु लामो समयसम्मट काम विहीन भएपछि एकता प्रकृया छिटो टुंगो लगाउन पार्टीको असन्तुसष्ट पक्ष र संस्थापन पक्षलाई दवाव बढेको थियो।

प्रतिक्रिया दिनुहोस्