शेयर बजारमा आज पनि गिरावट


काठमाडौ, २३ असोज । दशै लागेसँगै शेयर बजारमा देखिएको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार शेयर बजार मापक सूचक २.५९ अंकले घटेको छ। सूचक १२१७.९३ अंकमा ओर्लिएको छ। अघिल्लो चार कारोबार दिन निरन्तर घटेको बजारमा सोमबार सूधार देखिएको थियो।

मंगलबार १२२० अंकबाट शेयर कारोबार भएको थियो। पहिलो सबा एक घण्टामा सूचक ६ अंकले बढेको थियो। त्यसपछि बस्तरै घटेको बजार दुई बजेपछि बिस्तारै सामान्य अबस्थामा फर्कियो र अन्त्यमा घटेर बन्द भएको हो।

बजारमा १६० कम्पनीको १० लाख १८ हजार कित्ता शेयर ३४ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढि नाडेप लघुबित्त बित्तीय संस्थाको तीन करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो।

१० समुह कारोबारमा अन्य बाहेक सबै उपसूचक घटेका छन्। अन्य ११.६९ अंकले बढेको छ। बैक ३.८९, होटल २१.४३, विकास बैक १.३८, जलविद्युत १२.८२, फाइनान्स १.०१, निर्जीबन बिमा समूहको ३७.६४, उत्पादनमूलक ११.८३, लघुबित्त ७.६२ जीबन बिमा समूह १८.६३ अंकले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्