शेरबहादुर देउवाले बुद्ध र गान्धीको सम्झना गरेपछि…


१६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीको सम्झना गरेका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आयोजना गरेको एक कार्यक्रममा देउवाले बुद्ध र गान्धीको सम्झना गरेका हुन् ।

उनले त्यस कार्यक्रममा उनीहरुले देखाएको बाटोमा अगाडि बढे देश विकास हुने दाबी समेत गरे । गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको सम्मरण गर्दै देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति उल्लेख गरे ।   पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्