शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित


२३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी देउवाले दिएको उम्मेदवारीको पक्षमा ३ सय ८८ मत प्राप्त भएपछि उनलाई सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरेकी हुन् ।

विपक्षमा १ सय ७० मत परेको थियो । व्यवस्थापिका संसद्मा उपस्थित ५ सय ५८ सदस्य उपस्थित थिए । देउवा संविधानको धारा २९८ को उपनियम (३)मा उल्लेख भए अनुसार प्रधानमन्त्री निर्वाचित भएको सभामुख घर्तीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्