श्रमिकको सुरक्षा र स्वास्थ्य अन्तराष्ट्रिय मापदण्डको बनाइन्छः मन्त्री विष्ट


काठमाडौँ, १५ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यलाई अन्तराष्ट्रिय मापदण्डअनुसार पुनरावलोकन गर्ने बताएका छन् । श्रम विभागको १८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को शनिबार काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले त्यस्तो बताएका हुन् ।
श्रमिकको अधिकार थप सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले ऐन–कानुनमा रहेको कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । तर, सुधारका लागि औद्यगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने सबै संघ संस्थाको सामूहिक सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।

श्रम विभागले आयोजना गरेको प्रभातफेरि बसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्