श्रमिक तथा ज्याला मजदुरी गर्नेको खानपिनको ब्यवस्थापन सरकारले गर्ने


काठमाडौं,१६ चैत । सरकारले श्रमिक तथा ज्याला मजदुरी गर्ने हरुको खानपिनको ब्यवस्थापन सरकारले गर्ने र स्थानीय तहले तुरुन्तै लगत तयार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकलेकोरोना रोकथामका लागि सरकारले चालेको कदमबाट प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेश सरकारले राहत दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यस्तो कोषमा रकम अपुग भए संघीय सरकारले उपलब्ध गराउने जानकारी दिए ।

राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी लगत तयार गर्ने र राहत लिने परिवारले वडा कार्यालयमा निवेदन दिनुपर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, स्थानीय तहले राहत उपलब्ध गराउँदा लकडाउन अवधिभरको दैनिक आवश्यकता पूरा हुनेगरी मात्र गर्ने मन्त्री खतिवडाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्