संक्रमित भेटिएपछि भक्तपुरको ल्योसिखेल सिल


काठमाडौं,७ जेठ । कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको मेयर प्रजापतिले बताए ।

प्रतिक्रिया दिनुहोस्