संखुवासभामा मृगलाई हानेको गोली लागेर आफ्नै दाईको ज्यान गयो


संखवासभा, ४ भदौ । संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको ज्यान गएको छ ।
आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको ज्यान गएको हो । हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।
मृतक हस्तबहादुर, उनका भार्इ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।
रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्