संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु


काठमाडौ, १६ वैशाख । संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि वर्षे अर्थात् बजेट अधिवेशन आव्हान गर्नुभएको हो । संसदको हिउँदे तथा वर्षे अधिवेशन राष्ट्रपतिले आव्हान गर्ने संवैधानिक प्रावधान छ ।

सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट जेठ १५ भित्र संसदमा प्रस्तु्त हुनुपर्ने संवैधानिक प्रावधान छ । बजेट अघि प्रि बजेट अर्थात् नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । त्यसबारे पनि संसदमा छलफल गर्नुपर्ने प्रावधान छ । बजेट अधिवेशन शुरु भएसँगै सांसदहरुले बजेटमा समावेश हुन लागेका बिषयमा आफ्नो धारणा राख्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्