संघीय समाजवादी फोरम सरकारमा जाने तयारीमा


काठमाडौ, १४ जेठ । नेपाल कम्युनिष्ट पाटी र संघीय समाजवादी फोरमबीच २ बुंदे सहमति भएको छ । नेकपासँग फोरमले सहमती गरेपछि सरकारमा जाने निर्णय समेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति अनुसार अव फोरम पनि सरकारमा सहभागि हुने निश्चित भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली ,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच सोमवार दुई बुंदे सहमती भएको हो । संविधान संसोधनसँग सम्बन्धित विषयमा लिखित सहमती भएपछि फोरम सरकारमा जाने भएको हो ।

प्रतिक्रिया दिनुहोस्