संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले गरे सदन बहिष्कार


२६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सदनको आजको बैठक बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकको आरम्भमा मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राईले वर्तमान सरकार गठन भएयता नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन नभएको भनी रोष व्यक्त गरे ।  उनले सहमति कार्यान्वयन गर्नेतर्फ सरकार उदासीन रहेको आरोप लगाउँदै सहमति कार्यान्वयनका लागि दबाब दिन बैठकबाट बाहिरिन लागेको बताए  ।
उनका साथमा संविधान संशोधनको माग गरिरहेका मोर्चाका आबद्ध दलका सांसदहरु बैठककक्षबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्