संविधानप्रतिको प्रतिवद्धता इतिहास देखाएर होइन वर्तमानको कामबाट प्रमाणित गर्नुस्ः देउवा


काठमाडौ, १६ वैशाख । नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई संविधानप्रतिको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्न आग्रह गरेका छन्।
सोमबारदेखि सुरु भएको संसदको अधिवेशनमा बोल्दै देउवाले सरकार असफल भएको आरोप लगाए। उनले भने ‘शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार असफल रह्यो । समृद्ध नेपाल र सुखी नेपालीको नारा ठूल्ठुलो स्वरले लगाउने सरकारले चालु आर्थिक वर्षको आठ महिनामा पुँजीगत खर्च बढाई विकास र निर्माणको कार्य अघि बढाउने छ भन्ने आशा थियो । तर, सरकारको उपलब्धि निराशाजनक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्