संविधानमा असन्तुष्टि छ भने औचित्यका आधारमा परिमार्जन गर्न सकिन्छः सुवाष नेम्वाङ


काठमाडौ, ११ जेठ । नेकपाका नेता सुवाष नेम्वाङले संविधान सबैको सर्बस्वीकार्य भइसकेकाले कसैको असन्तुष्टि छ भने औचित्यका आधारमा संसोधन र परिमार्जन गर्न तयार रहेको बताएका छन । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै नेम्वाङले यस्तो बताएका हुन । उनले भने ‘मैले पनि बिरगंजबाट काठमाडौ, काठमाडौ बाट केरुङ हुँदै चीन रेलबाट जाने सपना देखि रहेछु ‘। सरकारले नीति तथा कार्यक्रम बोक्ने बजेट १५ गते प्रस्तुत गर्नुपर्ने भन्दै उनले सरकारमा दम्भको त्यान्द्रो पनि आउन नदिने बताए । उनले संविधानमा आफुले कतै पनि विभेदकारी धारा नदेखेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्