श्रमिकका अधिकार सुनिश्चित गर्न सवै ट्रेड युनियन एकजुट हुनुपर्ने– माधवकुमार नेपाल


काठमाडौँ, २० वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा प्राप्त श्रमिकका अधिकार सुनिश्चित गर्नका लागि सवै ट्रेड युनियन एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बिहिबार भएको विश्व ट्रेड युनियन महासंघ नेपालको बैठकलाई सम्बोधन गदै संविधानमा भएका श्रमिकका अधिकार पूरा गर्नसबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने भएकोले यसको कार्यनयनका लागि श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिए । उनले संसधमा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको उल्लेख गरे ।
कार्यक्रममा महासंंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताए।

उनले सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार व्यक्त गरे । बताए । पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले नेपालका श्रमिकले वास्तविक श्रम पाउन नसकेकोे बताए । ।

उक्त बैठकले प्रेमल खनालको संयोजकत्वमा १७ सदस्यीय महासंघको नेपाल समन्वय समिति गठन गरेको छ ।
विश्व ट्रेड युनियनय महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल प्रगतिशीत ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्