संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभारः पोखरेल


२० असोज । नेकपा (माओवादी केन्द्र)का सचिव गिरिराजमणि पोखरेलले संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् ।
आफ्नै निर्वाचन क्षेत्र बर्दिवासमा बडादसैँ, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान निर्माण र घोषणा ऐतिहासिक उपलब्धि भए पनि मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गरे मात्र संविधानप्रति सबैको अपनत्व हुने उनको भनाई थियो ।

संविधानको सफल कार्यान्वयनका लागि नै संशोधनको आवश्यकता परेकाले यसबारे नेकपा (एमाले) लगायत दलहरु सकारात्मक हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्