संविधान कार्यान्वयनका लागि एमालेलाई पनि साथ लिनुको विकल्प छैनः मन्त्री भण्डारी


१४ असोज । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुको विकल्प नभएको बताएका छन् ।  वन विज्ञान अध्ययन संस्थान पोखराद्वारा आयोजित ‘समृद्धि र उच्च शिक्षाका लागि वन’ विषयक कार्यशाला गोष्ठिको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधान कार्यान्वयनका लागि मधेसवादी राजनीतिक दलको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढेको र त्यसमा प्रतिपक्ष दल नेकपा (एमाले) सहितको सहयोग हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले राजनीतिक परिवर्तन धेरै भए तर त्यसको सबल व्यवस्थापन हुन नसक्दा मुलुकको स्थिति अहिले पनि जटिल नै रहेको चर्चा गर्दै सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमति, सहकार्य र एकताको खाँचो औंँल्याए ।

प्रतिक्रिया दिनुहोस्