संविधान संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजियोः भीम आचार्य


१४ मंसिर ।  नेकपा (एमाले) का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्रियामा उनले यस्तो दाबी गरेका हुन् । उनले तत्काल संविधान संशोधन आवश्यक नभएको पनि दाबी गरे । संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको उनको आरोप थियो ।

सचिव आचार्यले संविधान संशोधनको औचित्य मुलुकको पक्षमा हुने भएमा आफ्नो पार्टी त्यसलाई सहयोग तयार रहेको पनि बताए । तर, सरकारले औतित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो । निर्धारित समयमा चुनाव गरेर संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्रीका सल्लाहकार नारायण दाहालले संविधान संशोधन गराउने उद्देश्यले सरकार गठन भएको भन्दै सरकार प्रमुख दलको सहमतिमा प्रस्ताव दर्ता गराउने गृहकार्यमा लागेको बताए । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले संविधान संशोधनको विषयलाई लिएर आफ्नो पार्टीभित्र कुनै दुई मत नरहेको प्रस्ट पारे  ।

मधेसी मोर्चाका नेता महेन्द्रराय यादवले सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्