संविधान संशोधनका लागि एमाले पनि सहमति नजिकः प्रधानमन्त्री प्रचण्ड


१५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । न्हुदँ समारोह समितिले नेपाल संवत् ११३७ को अवसरमा आयोजना गरको सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको पनि बताए । उनले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि सहमति नजिक पुगेको दाबी गरे ।

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उनको जोड थियो । उनले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गर्नेमा जोड दिए ।

संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको पनि उनले खुलासा गरे । उनले सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता रहेको पनि दाबी गरे

प्रतिक्रिया दिनुहोस्