संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणाः प्रधानमन्त्री प्रचण्ड


१० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताएका छन् ।  बुधबार नेकपा माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भने– ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईंहरुको भनाईमा गहिरो मर्म लुकेको छ,’ उनले भने ‘ विभिन्न मन्त्रालयमा पेश गरेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्नेछ । पारदर्शी रुपमा जनताको हितमा समर्पित भएर काम गर्नुहोला ।’

नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भने– ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन ।’

उनले माओवादी गरीबको पक्षमा राजनीति गरेर आएको भन्दै विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा अलिकति चुकेको बताए । ‘यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’

‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन,’ उनले भने, ‘उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् ।’

प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए । उनले भने– ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ ।’

उनले संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्ने पनि बताए । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील रहेको उनको भनाई थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको बताए ।  ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन,’ उनले भने, ‘उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् ।’ उनले आफ्नो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दै गरेको पनि दाबी गरे

प्रतिक्रिया दिनुहोस्