संविधान संशोधनप्रति एमाले पनि सकारात्मक छः महामन्त्री कोइराला


१२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संविधान संशोधनप्रति सकारात्मक दाबी गरेका छन् । नेपाल प्रेस युनियन धनुषाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको छ,’ उनले भने ‘एमाले पनि त्यति नकारात्मक छैन ।’

कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता रहेको भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राखे । उनले संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले ‘मेरै गोरूको बाह्रैटक्का’ जस्ता विचारलाई त्याग्नु जरूरी भएको बताए । उनले दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्नसमेत मधेसी मोर्चासँग आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्