संविधान संशोधनमा एकाएक किन नरम बन्यो सरकार ?


१२ मंसिर । एमालेलाई पेलेरै अघि बढ्ने धम्की दिदैँ आएको सरकार केही नरम भएको छ ।  आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यतिमात्र होइन सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र र सरकारमा सहभागी दल नेपाली कांग्रेस पनि आइतबार जसरी पनि  संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा थिए । तर, अन्तिम समयमा आएर आइतबारको बैठकमा संशोधन प्रस्ताव दर्ता नहुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता नुहने भएको हो । प्रधानमन्त्री प्रचण्ड स्वयमले पनि सहमतिको प्रयास जारी रहेको जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पटक–पटक संविधान संशोधनका विषयमा प्रश्न उठाउँदै आएकोछ । एमालेको निरन्तर दवावका कारण पनि सरकार केही नरम बनेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्