संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउनुपर्छः सभापति देउवा


 १५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने र संविधान कार्यान्वयन गर्ने विषयम सरकार चुकेको आरोप लगाउँदै आएका बेला सरकारमा सहभागि दल कांग्रेस सभापतिले यस्तो दाबी गरेका हुन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै भने– ‘निर्वाचन हुन्न कि भनेर शङ्का नगर्नु होला, प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने स्थिति छ ।’

संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुने पनि उनले दाबी गरे । ‘यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ,’ उनले भने । उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्