संविधान संशोधन विद्येयक असफल बनाएरै छाड्छौँः प्रदीप ज्ञवाली


७ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मुलुकमा संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीको १९ औँ जिल्ला अधिबेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले नेपाललाई अस्थिरतातर्फ धकेल्न केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागेको आरोप लगाए ।

वर्तमान सरकारले समेत चुनाबलाई पन्छ्याउन संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउँदै उनले अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संविधान संशोधनलाई एमालेलगायतका प्रतिपक्ष दलहरुले असफल बनाएरै छाड्ने उद्घोष गरे ।

उनले मुलुकमा संविधान कार्यान्वयनको लागि निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्