संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई आग्रह गर्ने नेकपाको निर्णय


काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज ९मंगलबार० को सचिवालय वैठकले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति तत्काल गर्न सरकारलाइ सिफारीस गर्ने निर्णय गरको छ । मंगलबार बालुवाटारमा बसेको नेकपा बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रक गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘ बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै महासचिव विष्णु पौडेललाई सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउनका निम्ति १० दिनको म्याद दिएको पनि श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्