संशोधन प्रस्तावलाई कमल थापाले नै भने– ‘यो राष्ट्रहित विपरीत छ’


६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने बताएका छन् ।  राप्रपा मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहित विपरीत भएको भन्दै यसलाई परिमार्जन नगरी संविधान संशोधन गर्न नहुने जिकिर गरे । अध्यक्ष थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै माग पूरा गर्न सकिने अवस्था नरहे पनि राष्ट्रियहित अनुकूल हुने विषयमा सहमति गर्न सकिनेमा बताए ।

‘संशोधन प्रस्तावमा असन्तुष्ट नेकपा (एमाले) र मोर्चाले पनि सहमति जनाउने ढङ्गबाट निकास खोज्नका लागि संसद्मा दर्ता भएको संशोधन विधेयकमा केही परिमार्जन गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्