संशोधन प्रस्तावलाई बैठकको कार्यसूचीमा पार्ने सरकारको अडान, प्रतिकार गर्ने एमालेको चेतावनी


४ पुस ।  नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले व्यवस्थापिका संसद्मा पेस गरेर संविधान संशोधन प्रस्तावलाई बैठकको कार्यसूचीमा पार्ने भनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसको विरोध गरेको छ ।

सहमति खोज्न सोमबार सभामुख ओनसरी घर्तीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बोलाएकी थिइन् । बैठकमै सत्तारुढ दल कांग्रेस र माओवादीले संशोधन प्रस्तावलाई बैठकको कार्यसूचीमा पार्ने भनेपछि एमालेले प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि सञ्चारकर्मीहरुसँग संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने जानकारी दिए । एमालेका उपाध्यक्ष बामदेव गौतमले भने संशोधन प्रस्तावको पुच्छर बनेर चुनावमा जान नसकिने जवाफ दिएको जानकारी दिए । उनले सरकार जबरजस्ती अघि बढे प्रतिकार गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्