संशोधन प्रस्ताव पास होइन छलफल पनि हुन दिदैनौँ: केपी ओली


९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधोन प्रस्ताव जसरी पनि पास हुने दाबी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने प्रस्ताव पास नहुने चेतावनी दिएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नहुने चेतावनी दिएका हुन् ।

नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको दाबी गरे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने जिकिर गरे ।

देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उनको भनाइ छ । ‘संविधान संशोधन अहिलेको आवश्यकता होइन,’ उनले भने, ‘५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्