काठमाडौंमा पनि मोदीको अभिनन्दन


काठमाडौ,२६ वैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा पनि अभिनन्दन हुने जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी माग भएपछि सरकारको तर्फबाट बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुन गइरहेको र उनको सम्मानमा काठमाडौं महानगरपालिकाले छुट्टै अभिनन्दन कार्यक्रम राखेको जानकारी गराए । २८ वैशाखमा पहिले सिधै जनकपुर आउन लागेका मोदीलाई जनकपुर उपमहानगरपालिकाले सोही दिन नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

काठमाडौंमा भने भोलिपल्ट उनको अभिनन्दन हुनेछ । २९ वैशाखमा उनलाई टुँडिखेलमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गर्नेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटपछि मुक्तिनाथको दर्शन गरेर सोही दिन भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्