संसदीय विकास कोषबाट दलित बस्तीमा शौचालय


४ साउन । सांसद अमृत अर्यालले ४५ वटा सार्वजनिक शौचालय म‌ङ्गलवार हस्तान्तरण गरेका छन्  ।

मोरङ क्षेत्र नं ५ अन्तर्गत बुधनगर–६ स्थित दलित बस्तीमा निर्माण गरिएका सो शौचालय हस्तान्तरण गरिएको हो । संसदीय विकास कोषबाट प्राप्त रु १० लाख र स्थानीय जनसहभागिताबाट रु एक लाख ६० को लागतमा ती शौचालय बनेका हुन् ।

विपन्न समुदाय रहने सो गाउँमा एउटा पनि सार्वजनिक शौचालय नभएपछि प्रत्येक परिवारमा एउटा हुनुपर्ने अभियानमा आफु लागेको सांसद अर्यालले बताउनुभयो । उक्त शौचालय १५० परिवारले सहज रुपले प्रयोग गर्न सक्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस्