संसद्को प्रतिष्ठा उच्च बनाउँछुः नवनिर्वाचित सभामुख


नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न प्रतिबद्धता जनाएका छन् ।

सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने प्रतिबद्धता जनाए ।

उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

प्रतिनिधिसभाको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम समेत मनोनयन गरेको छ ।

बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ ।

अध्यक्षता गर्ने सदस्यहरुमा उमाशङ्कर अरगरिया, चन्द्रकान्ता चौधरी, डा डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे छन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्