संसद् अवरोधले अतिवादलाई फाइदाः मन्त्री महत


९ पुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले  संसद्को गतिरोधले देशमा निरङ्कुशता र अतिवादलाई फाइदा पुग्ने भनी टिप्पणी गरेका छन् । संसद् प्रजातान्त्रिक अभ्यास गर्ने थलो भएको भन्दै उनले त्यसलाई बन्द गराउन खोज्नु गलत भएको टिप्पणी गरे ।

‘संविधान संशोधनप्रति सम्पूर्ण देशवासीको चासो र चिन्ता छ,’ धादिङको ढोला गाविसमा आयोजित धार्मिक महोत्सव तथा ज्ञान महायज्ञमा उनले भने, ‘प्रमुख प्रतिपक्षी दल एमालेको ध्यान त्यसमा पुग्न सकोस् ।’

मन्त्री महतले संविधानको सशक्त कार्यान्वयन गर्न सकेमात्र देशले निकास पाउने  भन्दै निर्वाचन मिति नजिकिँदै गर्दा सम्पूर्ण राजनीतिक दलहरु निर्वाचनका लागि तयार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्