संसद केहि दिनमै सञ्चालन हुने सभामुख घर्तीको भनाई


 ६ पुस । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त  गरेकी छिन् ।

व्यवस्थापिका–संसद् सचिवालयद्वारा आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् ‘संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।’

मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उहाँले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताइन् ।  नेकपा मालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदहरुलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताए ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुने बताए ।

संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसद्मा जनताको पहुँच भनेको प्रेस मार्फत सहज रुपमा जनता समक्ष सूचना पु¥याउनु हो भन्ने पक्षलाई सरकार र संसद्ले बुझ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्