संस्कृति जोगाउन एकजुट बन्दै दोलखाका सुनुवार समूदाय


sunuwarदोलखा, २३ बैशाख । किरात धर्म मान्दै आएका दोलखाका २ स्थानमा बसोबास गदै आएका सुनुवारहरु यतिबेला आफनो धर्म, संस्कार र संस्कृतीलाई जोगाउन लागिपरेका छन ।
पछिल्लो पुस्ताले पश्चिमेली संस्कार र संस्कृतीलाई पछयाउन थालेपछि आफनो भाषा, संस्कार र संस्कृती लोप हुन थालेको भन्दै यसको जगेर्ना गर्न थालेका हुन ।
दोलखाको हावा र ठुलोपातलमा बस्दै आएका सुनुवार समुदायका स्थानीय बासिन्दाहरु भाषा, संस्कृतीलाई लोप हुन नदिन हरेक कार्यक्रममा आफनो भेषभुषा सहित प्रस्तुत हुन थालेका छन भने बालबालिकालाई पनि आफनो भाषा मौलिकता जोगाउन आफनै भाषामा नृत्य समेत गराउन थालेका छन ।
नयाँ पुस्ताले आफनो भाषालाई वेवास्ता गदै जान थालेपछि यसको संरक्षण गर्नको लागी सबैभन्दा बढी बालबालिकाहरुलाई यो शिक्षा दिन थालिएको सुनुवार महिला अधिकारकर्मी रोजिना सुनुवारले बताइन ।
अन्य जाती भन्दा छुट्टै संस्कार र संस्कृती भएको सुनुवार जातीको संरक्षण नगर्ने हो भने यो विस्तारै लोप हुदै जाने स्थानीय बुढापाकाहरुको भनाई छ ।
दोलखामा २०६८ सालको जनगणना अनुसार १ लाख ८६ हजार कुल जनसङख्या मध्ये ८ सय ६० पुरुष र १ हजार १२ महिला गरी कुल १८७२ जना सुनुवार रहेका छन ।
जनसङख्या मध्ये जिल्लाभरी १ प्रतिशत सुनुवार जातीको बसोबास रहेको तथ्याङकमा उल्लेख छ ।
रोलवालिङ हिमश्रृंखल मूल बनाएर दक्षिण बग्ने पूर्वी नेपालको पहाडी नदी सुनकोशी, तामाकोशी, लिखु लगायत सहायक नदी खिम्ती, येलुङ, सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका नेपाल सरकारद्वारा सूचीकृत ५९१ आदिवासी जनजाति मध्येका एक आदिवासी जनजाति हुन कोइँच सुनुवार ।

प्रतिक्रिया दिनुहोस्