सगरमाथा सन्देशको विमोचन


असोज ९ । नेकपा (एमाले) सगरमाथा–काठमाडौँ सम्पर्क कमिटीले विजया दशमी, दिपावदी र छैट वर्षको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको अल्फाबिटा हाउसमा आयोजना गरेको त्यस कार्यक्रममा पत्रकार टपेन्द्र कार्कीले सम्पादन गरेको ‘सगरमाथा सन्देश’ नामक कमिटीको मुखपत्र पनि सार्वजनिक गरिएको थियो ।

एमाले स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय विशेष प्रदेशका संयोजक छविलाल विश्वकर्माको प्रमुख आथित्यमा सम्पन्न त्यस कार्यक्रममा, बैकल्पिक पोलिट्व्यूरो सदस्य जग्गनाथ खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्