सञ्चारकर्मी थापाले ल्याइन तीज कोशेली ‘व्रत बसेर पति पाइदैन'(भिडियो सहित)


नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन केही दिन बाँकी छ । यतिवेला नयाँ -नयाँ तिजका गीत स्रोता र दर्शकमाझ आउनेक्रममा छन  ।
हरेक वर्षजस्तै यो वर्ष पनि तीज भाकाहरु बजारमा आउनेक्रममा छन । युट्युब च्यानल र टेलिभिजनहरुमा अहिले तीज गीतको बाक्लो उपस्थिति छ। संचारकर्मी शारदा थापाले यो वर्षपनि तीजको नयाँ कोशेली चेलीहरुमाझ ल्याएकी छिन । उनले ‘व्रत बसेर पति पाइँदैन’ बोलको तीज गीत आफ्ना स्रोता र दर्शकमाझ ल्याएकी छिन ।
विगत वर्षहरुमा पनि तीज गीत लिएर आउने गरेकी थापा यसपटक स्वर र शब्दसहित देखा परेकी हुन् । शारदा थापाले यसपटक स्वर शब्द मात्र होइन युट्युब च्यानलसमेत आफ्नै लिएर आएकी हुन् । शनिवार शारदा थापाको आफ्नै युटुब्ब च्यानलबाट अपलोड भएको गीतमा श्याम लिम्बूको संगीत रहेको छ भने भिडियोलाई स्वयं शारदाले निर्देशन गरेकी हुन्।
प्रभास मगरको कोरियोग्राफी रहेको गीतलाई सन्जिव पौडेलले छायांकन र सम्पादन गरेका हुन । पप आधुनिक गीतहरुमा स्वर दिइसकेकी शारदाको यो तेश्रो तीज गीत हो ।

नेपाली संचार जगतको सबै विद्या र समाचार बाचन, उद्घोषणमा ख्यति आर्जन गरिसकेकी थापाको यो तीज गीतमा उनी स्वर, शब्द, युट्युब च्यानल मात्र होइन निर्देशनमा समेत उपस्थिति जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्