सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस


काठमाडौं,८ फागुन । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

प्रेस खरिद अनियमितता पुष्टि भएकाले  यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्