सत्तरीवर्षीय मन्दिरका पुजारीसँगै अर्का एक जनाको विष खाएर मृत्यु


२ माघ । सप्तरीको कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीकोे आज विष खाएर मृत्यु भएको छ । सत्तरीवर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर मरेको प्रहरीले जनाएको छ । ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्