सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, आज दुईसयको टेस्ट गरिदै


काठमाडौं, ३ बैसाख । सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेस्ट सुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो । बुधवार  आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अपाटमेन्टभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उहाँहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ । सो अपामेन्टमा बस्ने तीनजनालाई कोरोना  पोजेटिभ देखिएपछि सरकारले अपामेन्टलाई सिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्