सपथ लिएकै दिन काँग्रेसमा भाँडभैलो, देउवाले यसरी गरे पौडेल समूहलाई बहिष्कार


२४ जेठ। काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको ४० औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ बुधबार लिए ।

उनले सपथ लिएकै दिन तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि सपथ लिए । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । उनी सँगै तीन उपप्रधान र चार मन्त्रीले पनि सपथ लिए । विजयकुमार गच्छदार र कृष्णबहादुर महरा उपप्रधानमन्त्री बने ।

उनीहरु प्रचण्ड सरकारमा पनि उपप्रधानमन्त्री नै थिए । अहिले प्रचण्ड सरकारमा अर्थमन्त्री रहेका महरा अब परराष्ट्र मन्त्री बनेका छन् । गच्छदारले स्थानीय विकास मन्त्रालय सम्हालेका छन् । देउवाका दाहिने हात गोपालमान श्रेष्ठ पनि उपप्रधानमन्त्री बने उनले शिक्षा मन्त्रालयम सम्हाल्ने भएका छन् ।

तस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री बनेका छन् । माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । पहिलो चरणको मन्त्री मण्डलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई देउवाले बहिष्कार गरेका छन् । देउवा एकलौटी चल्न खोजेको भन्दै सपथ नै बहिष्कार गरेका वरिष्ठ नेता पौडल अन्तिम समयमा शीतल निवास गए ।

प्रतिक्रिया दिनुहोस्