सप्तरीमा एमालेको कार्यक्रम विथोल्न प्रर्दशनकारीले गरे पेट्रोल बम प्रहार, एक प्रदर्शनकारीको मुत्यु


२३ फागुन । नेकपा (एमाले) ले २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान प्रदेश नम्बर दुईमा प्रवेश गरेपछि भने केही असहज भएको छ । मधेसीमोर्चाका कार्यकर्ताले प्रदेश नम्बर दुईमा कुनै पनि कार्यक्रम हुन नदिन केही दिन अघिदेखि नै विभिन्न खाले उत्तेजना फैलाउने कार्य गर्दै आएका थिए ।

सोमबार एमालेको जनलरहले उनीहरुको अवरोधलाई छिचोल्दै प्रदेश नम्बर दुईमा प्रवेश गरेपछि उनीहरु झन् उत्तेजित भएका थिए । बीचमा केही अवरोध गरे पनि एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भव्य आमसभा गरेको थियो आमसभा सम्पन्न गरेर फर्किने क्रममा प्रहरीलाई उत्तेजित बनाउँदै प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले पनि मोर्चाका कार्यकर्ताले प्रहरी र एमालेको कार्यक्रमस्थलमा लक्षित गरेर निरन्तर ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफ कारबाही गरेको जानकारी दिए। मोर्चाका कार्यकर्ताले बाटो एउटा मोटर साइकल पनि जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्