सप्तरीमा वालक बेपत्ता


सप्तरी, ३० साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि एक बालक बेपत्ता भएका छन् । शम्भुनाथ नगरपालिका–१० निवासी देवनारायण सदाको १५ वर्षीय छोरा आकाशकुमार मङ्गलबार साँझबाट बेपत्ता भएको स्थानीयले जानकारी दिए ।

कठौना बजारमा लाग्दै आएको हटियामा आएका आकाश साँझ ७ बजेबाट अचानक बेपत्ता भएका उनको चारैतिर खोजी गरिएको छ तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।आकाश बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्