सबै दल नमिल्ने हो भने संविधान कार्यान्वयन असंभवः मन्त्री यादव


२ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएकी छिन् ।
विकेन्द्रीकरण सहयोग समाज नेपालले आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ विषयको कार्यक्रममा यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुने बताउँदै आयोगले दिएको सङ्ख्या परिवर्तन हुन्छ भने ।

समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले व्यापक छलफल गरेर स्थानीय संरचना विभाजन गर्नुपर्ने बताए । सांसद लक्ष्मी राईले स्थानीय निकाय बलियो भए मात्र देश बलियो हुने भएकाले स्थानीय निकायलाई बलियो बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्