सबै राजनीतिक दललाई एकजुट हुन राष्ट्रपतिको आग्रह


१४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि एकजुट हुन सबै राजनीतिक दललाई आग्रह गरेकी छिन् ।

मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भण्डारीले यस्तो आग्रह गरेकी हुन् । भण्डारीले अहिले पनि मदनको राष्ट्रियताको अडानको सान्दर्भिक भएको पनि बताईन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडित जनताले पाइरहेको पीडाप्रति सरकार सम्बेदनशील भएको बताए ।

कार्यक्रममा बोल्दै ०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक, केन्द्रीय संसद्सहित राष्ट्रपति–उपराष्ट्रपतिसम्मको चुनाव गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा परराष्ट्र मन्त्री कमल थापाले सहमतिका आधारमा आर्थिक विकासमा ध्यान केन्द्रित गर्न नेताहरुलाई सुझाव दिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले महावीर पुन र डा. भगवान कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्