सभापति देउवाको प्रश्न– अमेरिकी सहयोग किन लिन नहुने ?


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सभापति देउवाले भने, “यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसिसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।”

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो ।

संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”

संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्