सभापति देउवाले बोलाएको बैठक सिटौलाले किन गरे बहिष्कार ?


काठमाडौ, २५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठक नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् । केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा भएको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै सिटौलाले शीर्ष नेताको बैठक बहिष्कार गरेको बताइएको छ ।

कार्यसम्पादन समिति गठनका लागि सहमति जुटाउन सभापति शेरबहादुर देउवाले सोमबार बिहान अनौपचारिक छलफलका लागि आफ्नै निवासमा नेताहरुलाई बोलाएका थिए । उक्त बैठकलाई नेता सिटौलाले बहिष्कार गरेको उनका सहयोगी किरण सिटौलाले पुष्टि गरेका छन् ।

सिटौलाको असन्तुष्टिकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित भएको थियो । २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई जना सदस्य पाउनुपर्ने अडानमा नेता सिटौला देखिएको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्