सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा


काठमाडौं, १३ माघ । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्