समुदायमा संक्रमण बढेको आशंका, टेकु अस्पतालमा एक्कासी बढे विरामी


काठमाडौं, ७ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ का विरामी एक्कासी बढ्दै गएका छन् । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको भए पनि पछिल्लो हप्तादेखि फेरि एक्कासी विरामी संख्या बढ्दै गएको छ । जुन युवा र मध्ये उमेर समूहमा लक्षित छ ।

‘मानिसहरुको जमघटका काराणले कोरोना संक्रिमितको संख्यामा वृद्धि भइरहेको छ । ४० वटा साधारण बेड र २४ वटा आईसीयू बेड भरीसकेका छन्’, उनले भने । सम्भावित महाविपतिलाई रोक्नको लागि पहिलो र दोस्रो वेभको बीचको अन्तरालमा धेरै कुराहरुको तयारी आवश्यक रहेको बताउँछन् ।

तेस्रो लहरमा बालबालिका वढी जोखिममा हुनसक्ने उनी बताउँछन् । ‘तर अझै आमूल रुपमा कोभिड १९ कति बढ्छ भन्ने एकिन गर्न भने सकिन्न’, उनले भने, ‘अभिभावकले यसलाई आतंकको रुपमा विश्वास नगरी बरु बालबच्चालाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्